श्रद्धेय अभिभावकज्यू,
सादर नमस्कार !
शैक्षिक सत्र २०८३ को कक्षा ११ व्यवस्थापन मा नयाँ विद्यार्थी भर्नाको लागि तल दिइएको सूचना अध्ययन गरी Accept and Continue मा Click गरी आवेदन फारम भर्न सकिनेछ ।
फारम भर्दा सबै विवरणहरू उपयुक्त तवरले भरेर submit गरेपछि विद्यार्थीका लागि identity number “Application ID” प्राप्त हुनेछ र यो Application ID प्रवेश पत्र download गर्न आवश्यक पर्ने हुँदा सुरक्षित राख्नु पर्नेछ।
विद्यालयबाट कागजातहरु रुजु गरी Application Form स्वीकृत भएपश्चात E-mail मार्फत प्रवेश पत्र पठाइने भएकाले आधिकारिक e-mail र मोबाईल नम्बर मात्र राख्नु हुन अनुरोध गरिन्छ । प्रवेश पत्र प्राप्त गर्नका लागि दिइएको Link मा गई identity number “Application ID” र विद्यार्थीको जन्म मिति राखेर पनि प्रवेश पत्र generate गर्न सकिनेछ ।
फारम भर्नको लागि आवश्यक कागजपत्रहरू
१) विद्यार्थीको पासपोर्ट साइजको फोटोको Digital Copy १ प्रति,
२) अभिभावकको फोटोको Digital Copy १ प्रति (प्रहरी कर्मचारीको हकमा दर्जा खुलेको युनिफर्म सहितको फोटो),
३) जन्मदर्ताको प्रमाणपत्र Digital Copy १ प्रति,
४) SEE को Grade sheet को Softcopy,
५) बहालवाला प्रहरी कर्मचारीको हकमा कार्यरत कार्यालयबाट दर्जा खुलेको सिफारिश पत्र,
६) अवकास प्राप्त र अमर प्रहरी कर्मचारीका सन्ततिको हकमा पेन्सन पट्टा,
७) बनेपा न.पा. वडा नं. १३, १४, र भङ्गाल क्षेत्रको स्थानीय छात्रवृत्तिमा आवेदनका लागि Online Entry गरेपछि जन्मदर्ता र सम्बन्धित वडाको सिफारिश पत्र फारम भर्ने अन्तिम मिति सम्ममा विद्यालय प्रशासनमा बुझाइसक्नु पर्नेछ ।
८) रित नपुगी Online दर्ता भएका आवेदन फाराम मान्य हुने छैनन् ।
आवेदनका लागि आवश्यक न्युन्तम GPA:
व्यवस्थापन संकायको लागि कम्तिमा GPA: 1.6